कांग्रेस बैठकमा गौतमले भने– धेरैले यसपालि सदस्यता नवीकरण गर्ने इच्छा देखाएका छैनन्
काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जयकुमार गौतमले धेरै क्रियाशील सदस्यले नवीकरण गर्न रुची नदेखाएको टिप्पणी गरेका छन् ।
कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने क्रममा गौतमले भने, ‘क्रियाशील सदस्यता अनलाइनबाट भर्ने बडो क्रान्तिकारी जस्तो देखिन्छ । धेरैले यसपालि क्रियाशील सदस्यता नवीकरण गरिरहेका छैनन् । नवीकरण गर्न उनीहरूको इच्छा छैन ।’
मापदण्ड तोकेर क्रियाशील सदस्यता दिइनुपर्ने उनको भनाइ छ ।
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ । करिब एक वर्षपछि बसेको बैठकको आज तेस्रो दिन हो । आज पनि विभिन्न केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया