राजनीति

अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै कांग्रेस सांसद शर्माले भने- सुन समातेकोमा प्रधानमन्त्रीलाई धन्यवाद

इकागज |
साउन ५, २०८० शुक्रबार १४:२ बजे

काठमाडौँ- नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनितिसभा अन्तर्गतको कानुन, न्याय र मानवअधिकार समिति बैठकमा शर्माले अर्थ मन्त्रालय मातहतको भन्सार र गृहमन्त्रालय अन्तर्गतको प्रहरी बिमानस्थलमा रहेको अवस्थामा सुन प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् ।


उनले यस प्रकरणमा पक्ष र बिपक्षका साथै कुनै दलको कुरा नहुने भन्दै अनुसन्धानलाई सहयोग गर्न दुईमन्त्रीहरुले बाटो खुल्ला गर्नुपर्ने जिकिर गरे । प्रधानमन्त्री मातहतका निकायले तस्करीको सुन समातेकोमा धन्यवाद दिँदै उनले प्रधानमन्त्रीले चालेको कदमलाई सहयोग गर्नुपर्ने बताए ।

त्यस्तै बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले सुन प्रकरणमा भरिया, मजदुर र कर्मचारीलाई मात्रै समातेर आँखामा छारो हाल्ने काम गर्न नहुने बताए । उनले नेपाललाई तस्करीको भूमि बनाउने कामलाई सरकारले छानविन गर्नुपर्ने उल्लेख गरे ।

खतिवडाले सुन प्रकरणको सत्यतथ्य छानविन गरि छिटो भन्दा छिटो निष्कर्ष सार्वजनिक गर्नुपर्नेमा जोड दिए । 


Author

थप समाचार
x