राजनीति

ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्चद्वारा खारेज

इकागज |
साउन ५, २०८० शुक्रबार १७:२६ बजे

काठमाडौँ- ललिता निवास प्रकरणमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको छ । न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासले चार जना बन्दीले दिएको रिट खारेज गरिदिएको हो ।

ललिता निवास जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेर अनुसन्धान थालेपछि सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ, मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए ।


सोही प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउत भने थुनामुक्त भएका छन् ।


Author

थप समाचार
x