राजनीति

नेपाल ‘ग्रे लिस्ट’ मा पर्नबाट एक वर्षका लागि जोगिएको भन्ने कुरा गलत हो : मन्त्री गुरुङ

इकागज |
साउन ५, २०८० शुक्रबार १८:२२ बजे

फाइल तस्बिर

काठमाडाैँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सम्पति शुद्धीकरणको सन्दर्भमा नेपाल ‘ग्रे लिस्ट’ मा पर्नबाट एक वर्षका लागि जोगिएको भन्ने विषय गलत भएको जानकारी गराएका छन् । 

शुक्रबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सांसदहरूलै उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले सम्पत्ति शुद्धीकरणको सन्दर्भमा नेपाल ‘ग्रे लिस्ट’ मा पर्नबाट एक वर्षका लागि जोगिएको भन्ने कुरा गलत भएको कुराकाे जानकारी गराएका हुन् ।


फाइनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ) को एशिया प्यासिफिक ग्रुप (एपीजी) को बैठकमा सहभागी सदस्यहरू नेपाल फर्किएपछि नेपाल ‘ग्रे लिस्ट’ मा पर्नबाट एक वर्षका लागि जोगिएको खबर सार्वजनिक भएको थियो । तर, कानुनमन्त्री गुरुङले सो विषय गलत भएको बताएका हुन् ।

क्यानडामा केही दिनअघि भएको एपिजीको बैठकमा नेपालको तर्फबाट कानुन मन्त्रालय र प्रधानमन्त्री कार्यालयको सचिव उपस्थित भइ नेपालको तर्फबाट रिपोर्टिङ गरेअनुसार १५ दिनमा एपीजीले रिपोर्ट अध्ययन गरी नेपाललाई जानकारी दिने र आगामी अक्टोबरमा एफएटिएफको पेरिसमा हुने बैठकमा फाइनल रिपोर्ट बुझाउनुपर्ने बताए ।

मन्त्री गुरुङले सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा नेपालका लागि बुझ्न आउने विदेशी नियोगका पदाधिकारीहरूलाई संसदीय समितिमा छलफलका क्रममा छ भनेर बुझाउने गरेको जिकिर गरे ।


Author

थप समाचार
x