इनरुवामा बिपीको पूर्णकदको सालिक
सुनसरी - बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा आज सुनसरीको इनरुवामा उनको पूर्णकदको सालिक अनावरण गरिएको छ ।
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इनरुवा–९ बबियामा बिपी कोइरालाको पूर्णकदको सालिक अनावरण गरेका हुन् ।
इनरुवा नगरपालिकाको रु १५ लाखको लागतमा सालिक निर्माण गरिएको पार्टीका जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिए । रासस
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया