राजनीति

सरकारले नेपाली जनताको आकांक्षालाई सम्बोधन हुने गरी काम गरिरहेको छ : उपप्रधानमन्त्री खड्का

इकागज |
साउन ६, २०८० शनिबार २०:५६ बजे

काठमाडौँ- उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले लोभ र डरमुक्त भई नेपाली जनताको आकांक्षालाई सम्बोधन हुने गरी सरकारले काम गरिरहेको बताएका छन् ।

शनिबार काठमाडौँको सुन्दरीजलस्थित वीपी संग्राहलयमा आयोजित ‘वीपी कोइराला राष्ट्रिय पुरस्कार २०७९’ समर्पण समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारले वीपी कोइरालाबाट प्रेरित भएर कुनै पनि खालका लोभ र डरमुक्त भई नेपाली जनताको आकांक्षालाई सम्बोधन गर्ने काममा लागि परेको बताएका हुन् ।


उपप्रधानमन्त्री खड्काले वीपीले २०१५ सालमा जननिर्वाचित पहिलो प्रधानमन्त्रीका रूपमा नेपाली जनताको पक्षमा गरेको क्रान्तिकारी निर्णयहरूबाट वर्तमान सरकार प्रेरित रहेको समेत बताए । नेपाली माटो र भूमिप्रतिको समर्पणको भावनाबाट समर्पित भएर मुलुकको राजनीति डोहोरिनु पर्छ भन्ने वीपीले आफ्नो अन्तिम जीवनकालमा दिएर गएको राष्ट्र र जनताप्रतिको समर्पणको नासोलाई आत्मसात गर्दै नेपाली जनताको आकांक्षालाई सम्बोधन गर्न आफूहरू इमानदारिताका लागि परेको उनले दाबी समेत गरे ।

उपप्रधानमन्त्री खड्काले मुलुकलाई आर्थिक रूपमा सम्पन्न बनाउने कुरामा पनि सरकार लागि परेको बताए । 


Author

थप समाचार
x