म पनि गुटको सिकार भएको छु : भीम पराजुली
काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले आफूलाई कोशी प्रदेशमा संसदीय दलको नेतामा हराउन पार्टीका गुटहरु लागेको आरोप लगाएका छन् ।
कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने क्रममा उनले संसदीय दलको नेतामा उठ्दा आफूलाई हराउन सबैतिरबाट खुलेआम काम भएको बताए ।
पार्टीमा विश्वासनीय कारबाहीको अवस्था नभएको बताउँदै उनले भने, ‘गुटको सिकार म पनि भएको छु । संसदीय दलको नेतामा उठ्दा मलाई सबैतिरबाट खुलेआम हराउने काम भयो ।’
उनले अरु पार्टीका नेतासँग सुमधुर सम्बन्ध राखे पनि आफ्नै पार्टीका नेता कार्यकर्तासँग दुस्मनको जस्तो व्यवहार हुने गरेको बताए ।
उनले तरुण दलमा उमेर हदको प्रस्ताव राखेका छन् । उनले तरुण दलमा ४०, नेविसंघमा ३२, महिला संघ ४५ वर्षको उमेर हद राख्नुपर्ने प्रस्ताव राखे ।
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ । करिब एक वर्षपछि बसेको बैठकको आज पाँचौँ दिन हो । आज पनि विभिन्न केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया