राजनीति

म सभापतिलाई संस्था नै मान्दिनँ : केसी

इकागज |
साउन ७, २०८० आइतबार १२:५० बजे

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले पार्टी सभापतिलाई आफूलाे संस्था नमान्ने टिप्पणी गरेका छन् । 

कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै सिंहले सभापतिलाई नै संस्था मान्ने सोच कसैले पनि राख्न नहुने बताए ।


पार्टीमा विधि र नियम भएमात्र सभापति बलियो हुने बताउँदै उनले भने, ‘सभापति नै संस्था हो भन्ने कुरा म मान्दिनँ । संस्था भनेको विधि र पद्धतिलाई केन्द्रित गराएर एउटा समूहको संगठित आवाज हो ।’

उनले पार्टीभित्र पात्र नभइ प्रवृत्ति परिवर्तन हुनुपर्ने बताउँदै अगाडि भने, ‘सभापतिलाई संस्था मान्ने सोच हामीले राख्न हुन्न । संस्थाको प्रमुख सभापति हो । विधि र नियम भए सभापति बलियो हुन्छ । सहमति भनेको आत्मसमर्पण होइन ।’

भुटानी शरणार्थी, बालुवाटारलगायत काण्डको छानबिनमा पार्टीले सहयोग गर्नुपर्ने उनको भनाइ छ । भ्रष्टाचार काण्डमा सहयोग नगरे अर्को चुनावमा जनताबाट आफूहरू अस्वीकृत हुने उनले बताए । 

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ । करिब एक वर्षपछि बसेको बैठकको आज पाँचौँ दिन हो । आज पनि विभिन्न केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन् ।
 


Author

थप समाचार
x