राजनीति

मलाई हराउन हाम्रै पार्टीका केही व्यक्तिहरू सक्रिय थिए : चौधरी

इकागज |
साउन ७, २०८० आइतबार १३:१२ बजे

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफूलाई निर्वाचनमा हराउन पार्टीकै एउटा समूह लागिपरेको बताएका छन् । कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले टिकट पाएपछि पार्टीकै एउटा समूह जसैगरी पनि आफूलाई हराउन लागिपरेको उनले बताए । 

‘मेरो निर्वाचन क्षेत्रमा विरोधी उम्मेदवारलाई जिताउने भनेर हाम्रै पार्टीका केही व्यक्तिहरू प्रत्यक्ष संलग्न थिए । यसका प्रमाणहरू निर्वाचनमै बेला छरपष्ट भइसकेका छन्,’ उनले भने । 


त्यस्तै, उनले कांग्रेसले आफूलाई रुपान्तरण गरेर अगाडि बढ्नुपर्ने बताए । विदेशमा रहेका नेपालीहरूले चुनावमा नयाँ पार्टीलाई भोट दिन प्रेरित गरिरहेको उनको भनाइ छ ।

‘पुराना पार्टीका कारण हामी ५० औँ लाख नेपाली युवाहरू विदेशिन बाध्य भयौँ, त्यसैले अब तिनलाई होइन नयाँलाई भोट दिन्छौँ भन्छन्,’ उनले भने । देशमा रोजगारी सिर्जना गरेर विदेशिएका नेपालीहरूलाई स्वदेश फर्काउन कांग्रेसले भूमिका खेल्नुपर्ने उनके भनाइ छ । 

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ । करिब एक वर्षपछि बसेको बैठकको आज पाँचौँ दिन हो । आज पनि विभिन्न केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन् ।
 


Author

थप समाचार
x