राजनीति

बैठक लाइभ गरिएकोप्रति कोइरालाको आपत्ति, भन्छन्– अहिलेको विश्व लोकरिझ्याइँमा चलेको छ

इकागज |
साउन ७, २०८० आइतबार १३:४२ बजे

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले केन्द्रीय कार्यसमितिको बैठक लाइभ गरिएकोप्रति आपत्ति जनाएका छन् । उनले यसलाई लोकरिझ्याइँको संज्ञा दिएका छन् । 

‘अहिलेको विश्व लोकरिझ्याइँमा चलेको छ । सायद त्यसैको सिको हामी पनि गर्दैछौँ । केन्द्रीय समितिको बैठक लाइभ गर्नु त राम्रै हो र हाम्रा लागि नयाँ प्रयोग पनि हो,’ बैठकमा बोल्दै उनले भने, ‘यसले पारदर्शितालाई प्रवर्द्धन त गरेको छ, तर यो सुरु गर्दा कार्यविधि तय गरेर गरेको भए राम्रो हुने थियो जस्तो लाग्छ ।’


उनले अगाडि भने, ‘कुन विषय बन्द कोठामा गर्ने र कुन विषय खुल्ला गर्ने भन्ने कुराको परिधि तय गरिनुपर्थ्यो । मलाई लाग्छ परराष्ट्र, समसामयिक विषयहरू, अन्तरदलीय विषय, निर्वाचन रणनीति आदि कुराको स्पष्ट गाइडलाइन बनाऔँ ।’

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ । करिब एक वर्षपछि बसेको बैठकको आज पाँचौँ दिन हो । आज पनि विभिन्न केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन् ।

 


Author

थप समाचार
x