राजनीति

केही पार्टीले सेनामाथि आक्रमण गरे : साउद

इकागज |
साउन ७, २०८० आइतबार १६:० बजे

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले केही पार्टीले सेनामाथि आक्रमण गरेको बताएका छन् । पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै परराष्ट्रमन्त्रीसमेत रहेको साउदले यस्तो बताएका हुन् । 

उनले पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणको बचाउ गरेका छन् । खाणको नाम नलिइकनै उनले भने, ‘हामीले अदालतको फैसला पनि पर्खनुपर्छ । पार्टीमा १, २, ३ जनाको कुरा मात्रै होइन । पत्रिकाले लेखेको कुराको आधारमा पार्टीलाई हित गर्दैन ।’


त्यस्तै, उनले सत्ता गठबन्धन र कांग्रेस सही दिशामा हिँडिरहेको पनि जिकिर गरे । 

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ । करिब एक वर्षपछि बसेको बैठकको आज पाँचौँ दिन हो । आज पनि विभिन्न केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन् ।
 


Author

थप समाचार
x