साथीहरूलाई ठाउँ चाहिएको भए पद छोड्न तयार छु : धनराज गुरुङ
फाइल तस्बिर
काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संसदमा विचाराधीन रहेको केही नेपाल ऐन संशोधन गर्ने विधेयकप्रति आफू सचेत र जिम्मेवार रहेको बताएका छन् ।
उनले आफूले सरकारले दिएको भारी संसदमा लगेर बिसाएको र संसदमा विधेयकको धारा ६४ मा धेरै संशोधन परेको उल्लेख गर्दै त्यसलाई परिमार्जन गर्दै अघि बढ्न सकिने बताएका हुन् । सोमबार पार्टी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले विधेयकको धारा ६४ मा धेरै सांसदहरूले संशोधनको प्रस्ताव राखेको बताउँदै आफूले चामलको बोरामात्रै खोलेको र बोरा खोल्दा बियाँ र भुस हुने बताए ।
गुरुङले आफ्नो चाहना चामल मात्रै होस् भन्ने भए पनि सिधै बोराको चामल पकाएर खान नसकिने र विधेयकको काँटछाँट गरेर अघि बढ्नुपर्ने तर्क गरे । उनले विधेयकमा नराम्रो कुरा रहेको भए संशोधन हुने प्रतिबद्धता जनाए ।
उपसभापति गुरुङले आफ्नै पार्टीका नेताहरूले आफ्नो राजीनामा मागेको भन्दै नेताहरूलाई ठाउँ खालि गरिदिए हुन्थ्यो भन्ने लागेको भए आफू मन्त्रीबाट राजीनामा दिन तयार रहेको बताए । उनले आफ्ना लागि पद आशक्ति ठूलो कुरा नरहेको जिकिर गरे ।
उपसभापति गुरुङले निर्वाचनको टिकट दिने कुरा लाइभ गरेर हुने हो कि होइन भन्दै प्रश्न गरे । उनले पार्टीलाई जनताको कांग्रेस बनाउने अभियानमा लाग्नुपर्ने बताए । सभापति बदल्ने कुरामा भन्दा आफू बदलिने कुरामा लाग्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया