राजनीति

एमाले संसदीय दलको निर्णय– सुन प्रकरणबारे संसदमा जवाफ माग्ने

इकागज |
साउन १०, २०८० बुधबार १४:२३ बजे

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन प्रकरणबारे संसदमा सरकारसँग जवाफ माग्ने निर्णय गरेको छ । एमालेको बुधबार बसेको संसदीय दलको बैठकले त्रिभुवन अन्तर्राराष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्रिएको करिब सय केजी सुनबारे संसदमा जवाफ माग्ने निर्णय गरेको एमाले सांसद रघुजी पन्तले जानकारी दिए । 

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘सुन प्रकरणबारे गहिराईसम्म पुगेर गम्भीरतापूर्वक छानबिन गर्नुपर्छ । भरियालाई मात्र होइन, सुन ल्याउने मान्छे को हो ? त्यसको जडसम्म पुग्नुपर्छ ।’


सुन तस्करीमा संलग्नलाई पक्राउ गरेर कारबाही गर्नुपर्छ भनेर आफूहरूले आवाज उठाउने उनले बताए । 

प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने कार्यसूची थियो । तर, एमालेको बैठकका कारण अहिलेसम्म सुरु हुन सकेको छैन । बैठक छिट्टै सुरु हुने बताइएको छ । 
 


Author

थप समाचार
x