संसदमा लिङ्देनको प्रश्न– भरिया पक्रेर सुन तस्करीका नाइके संरक्षण गर्ने ?
काठमाडौँ– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले सुन प्रकरणको मुख्य नाइकेलाई संरक्षण गर्न खोजेको आरोप लगाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले भरियामात्र पक्रिएर सुन तस्करीका संरक्षण गर्न खोजेको बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्रिएको सुन प्रकरणमा सरकारले झारा टार्ने किसिमले अनुसन्धान गरिरहेको बताउँदै उनले भने, ‘भरिया पक्रेर सुन तस्करीका नाइके संरक्षण गर्ने, हामीले यति काम त ग¥यौं नि भन्ने काम नहोस् ।’
उनले यस प्रकरणमा विशेष आयोग बनाएर अनुसन्धान हुनुपर्ने बताए । नेपाल सुन तस्करीको ट्रान्जिट बन्दै गरेको बताउँदै उनले त्यसप्रति चिन्ता व्यक्त गरे ।
राप्रपासहित प्रमुख प्रतिपक्षी दल एमाले र रास्वपाले संसद बैठकमा सुन प्रकरणमा उच्चस्तरीय समिति बनाएर छानबिन गर्नुपर्ने माग राखेका छन् । गृहमन्त्री र अर्थमन्त्रीको सेटिङबिना सुन एयरपोर्टबाट छिर्न नसक्ने विपक्षी सांसदहरूको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया