राजनीति

विदेशी संस्कृति अंगाल्दा नेपाली संस्कृतिलाई भुल्यौँ : अर्थमन्त्री महत

इकागज |
साउन ११, २०८० बिहीबार २१:९ बजे

काठमाडौँ- अर्थमन्त्री डा.प्रकाशशरण महतले आधुनिकताको नाममा विदेशी संस्कृतिलाई ग्रहण गर्दा नेपाली संस्कृतिलाई भुल्दै गएको बताएका छन् । बिहीबार काठमाडौँमा हलोक्रान्ति नेपालले आयोजना गरेको बहुआमिक हलोक्रान्ति एक दिवसीय गोष्ठीलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले नेपाली संस्कृतिलाई संरक्षण गर्दै जानुपर्ने भए पनि विदेशी संस्कृतिलाई ग्रहण नेपालीहरूले गरिरहेको जिकिर गरे । उनले विदेशी संस्कृति भित्रिने तर नेपाली संस्कृति छोड्दै जानु नेपालको लागि चुनौतीपूर्ण रहेको बताए  ।


मन्त्री महतले नेपालको वास्तविक संस्कृतिलाई पुनःस्थापित गर्न आवश्यक रहेको बताए । उनले हाम्रो गलत प्रवृत्ति, अन्धविश्वासलाई छाड्ने तर सबैलाई सहयोग गर्ने भावनालाई छोड्न नहुने जिकिर गरे । उनले नेपालीहरूले आधुनिकताको नाममा पुरानो कुरा निरन्तरता दिने भन्दा पनि छोड्दै जाने प्रवृत्ति बढेको भनाइ राखे ।

नेपालीहरूले अहिले आत्मसात गरेको खानपान, जीवनशैलीलाई पुनःविचार गर्नुपर्ने आवश्यकता अर्थमन्त्री महतले औंल्याए । उनले वर्तमान सरकारले नेपालको पुरानो रैथाने बालीलाई संरक्षण गर्न चालु आर्थिक वर्षको बजेटमा व्यवस्था गरेको बताए ।


Author

थप समाचार
x