राजनीति

फार्मेसीहरू विधिसम्मत चलेका छैनन् : मन्त्री बस्नेत

इकागज |
साउन १२, २०८० शुक्रबार ११:२२ बजे

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले समाजसेवामा फाइदा लिने मानिसहरुको काम नहुने बताएका छन् ।

शुक्रबार काठमाडौंमा ५८ औं रक्तसञ्चार सेवा दिवस समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनँले जनसेवा गर्ने संकल्प लिएकाहरु मात्रै समाजसेवामा राम्रो हुने बताए । 


‘नेपाल रेडक्रस सोसाइटी वा रक्तासञ्चार केन्द्रले आफ्नो क्षेत्रबाट गरेको कामहरु महत्वपूर्ण छ,’ उनले भने, ‘देशमा अफ्ठ्यारो परेको बेलामा र रगत चाहिएको बेलामा आवश्यक रगत उपलब्ध गराउनु महत्वपूर्ण काम हो ।’ उनले देशमा शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने बताए  ।

मन्त्री बस्नेतले कामहरु जति पवित्र हुन्छन् त्यत्ति धेरै गुनासो आउने बताए । देशमा भएका फार्मेसीहरुको निरीक्षण गर्दा विधिसम्मत रुपमा नचलेका फार्मेसीहरु बढी रहेको पाइएको उनको भनाइ छ ।
 


Author

थप समाचार
x