राजनीति

गणपूरक संख्या नपुगेपछि लेखा समिति बैठक स्थगित

इकागज |
साउन १२, २०८० शुक्रबार १३:४० बजे

काठमाडौं– गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ । 

सिंहदरबारमा शुक्रबार ११ बजे बोलाइएको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित गर्नुपरेको हो । बैठकमा उपसमितिले पेश गरेको समितिको आन्तरिक कार्यबिधि सम्बन्धमा र समितिले अघिल्लो कार्यकालमा बिभिन्न निकायलाई दिएका निर्देशनको विवरण वितरण गर्ने कार्यसूची रहेको थियो ।


करिब १२ बजेसम्म पनि गणपूरक संख्या पुग्ने सांसदहरु उपस्थित नभएपछि बैठक स्थगित गरिएको थियो । सांसदहरुले संसदीय समितिलाई महत्व नदिँदा संसदीय समितिको बैठक प्रभावित हुने गरेको छ । 


Author

थप समाचार
x