राजनीति

भ्रष्टाचारमा जो संलग्न भएपनि कारबाही हुन्छ : उपप्रधानमन्त्री

इकागज |
साउन १३, २०८० शनिबार १३:३४ बजे

काठमाडौं– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा जुनसुकै राजनीतिक दल, परिवार तथा ओहोदाका व्यक्ति संलग्न भए पनि कारबाही गरिने स्पष्ट पारेका छन् ।

शनिबार काठमाडौंको गोकर्णेश्वरको जगडोलस्थित राष्ट्रिय सहिद तथा शान्ति उद्यानमा आयोजित कार्यक्रममा श्रेष्ठले वर्तमान सरकारले सुशासनलाई पहिलो सर्त बनाएको भन्दै भ्रष्टाचारमा संलग्न जो सुकैलाई पनि कारवाही गरिने स्पष्ट पारेका हुन् । 


उपप्रधानमन्त्री श्रेष्ठले सुशासनबिना समृद्धिको यात्राले फड्को मार्न नसक्ने बताए । त्यस्तै उनले मुलुकमा सुशासन स्थापना गर्न सरकारले चालेको भ्रष्टाचारविरुद्धको अभियानमा सबैको साथ आवश्यक रहेको जिकिर गरे । भ्रष्टाचार र कमिसनले जरा गाड्दा रानजीतिक परिवर्तनपछि समृद्धिको यात्राले गुणात्मक फड्को मार्न नसकेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले कमिसन र भ्रष्टाचारले देशलाई बर्बाद बनाएको बताए ।


Author

थप समाचार
x