गैरसरकारी संस्थाहरूले नेपालको बाघ संरक्षणमा सहयोग गर्नुपर्छ : वनमन्त्री महतो
काठमाडौँ- वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले बाघ संरक्षणमा सहयोग गर्न गैरसरकारी संस्थाहरूलाई आग्रह गरेका छन् । उनले बाघको संख्या गत वर्ष नै दोब्बर बनाएर अन्तर्राष्ट्रिय समुदायमाझ नेपालले छुट्टै पहिचान बनाएको उल्लेख गर्दै अब त्यसको संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ, संस्थाहरूले सहयोग गर्नुपर्ने बताएका हुन् ।
विश्व बाघ दिवसको अवसर पारेर शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री महतोले बाघको संरक्षण कार्य चुनौतीका रूपमा उभिएको भन्दै त्यस क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ, संस्थाहरूले बाघ संरक्षणमा सहयोग गर्नुपर्ने उनले बाघ, हात्ती लगायतका वन्यजन्तु खाना नपुगेपछि बस्ती पस्ने गरेकाले उनीहरूलाई बासस्थानमै उचित खानपानको व्यवस्था गर्न पनि त्यस क्षेत्रमा कार्यरत संस्थाहरूले त्यसको संरक्षणको क्षेत्रमा लगानी गर्नुपर्ने तर्क गरे ।
नेपालमा पछिल्लो समय बाघ, हात्ती लगायतका वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेहरूको संख्या बढ्दै गएको स्मरण गराउँदै मन्त्री महतोले त्यसलाई नियन्त्रण गर्ने काममा लाग्नुपर्नेमा जोड दिए । उनले गैर सरकारी संस्थाहरूले नेपालको आवश्यकताअनुसार लगानी गर्ने काम गर्नुपर्ने पनि बताए ।
कार्यक्रममा बाघ संरक्षण, व्यवस्थापनका लागि छुट्टै योजना तयार पार्ने कामलाई अघि बढाइएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा प्रवक्ता अजय कार्कीले जानकारी दिएका थिए । नेपालमा तराईका ५ वटा निकुञ्जहरू र त्यस वरपरका वन क्षेत्रमा बाघ पाइन्छ ।
सन् २०२२ को तथ्यांक अनुसार नेपालमा हाल ३५५ वटा बाघ छन् । नेपालले सन् २०२२ मा बाघको संख्या दोब्बर बनाएर अन्तर्राष्ट्रिय रूपमा आफ्नो छुट्टै पहिचान बनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया