राजनीति

रवि लामिछानेकाे दाबी : रास्वपाको भ्रष्टाचार विरोधी अभियानले सरकारलाई सहज

इकागज |
साउन १५, २०८० सोमबार १३:२२ बजे

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपाको भ्रष्टाचार विरोधी अभियानका कारण सरकारलाई भ्रष्टाचारका पुराना फाइल खोल्न प्रेरणा मिलेको बताएका छन् ।

सोमबार काठमाडौंमा रास्वपा सुदुरपश्चिम–काठमाडौं सम्पर्क भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले भ्रष्टाचारको विरुद्ध आवाज उठाएर रास्वपा अगाडी आएकै कारण सरकारलाई पुराना फाइल खोल्न प्रेरणा मिलेको बताएका हुन् ।  


उनले रास्वपाको उपस्थितिले पनि सदनदेखि सरकारसँग र बिभिन्न राजनीतिक दलहरुमा चलायमान अवस्था देखिएको भन्दै यो राम्रो संकेत भएको दावी गरे ।

निर्वाचनमा जानु अगाडि रास्वपाले उठाएर मुद्दामा सरकारले साथ दिए आगामी निर्वाचनसम्म पार्टीका लागि पनि राम्रै हुने उनले बताए । लामिछानले आगामी चुनावसँग धेरै काम गर्न बाँकी रहेकाले अहिलेदेखि नै ८४ को मिसनमा ध्यान केन्द्रीत गर्न आग्रह गरेका छन् ।

उनले पार्टी राजधानी केन्द्रीत नभई गाँउबस्तीमा पुगेर संगठन विस्तार गर्ने जानकारी दिए ।
 


Author

थप समाचार
x