राजश्वको लक्ष्य प्राप्तिका लागि गम्भीर भएर लाग्न अर्थमन्त्रीकाे निर्देशन
फाइल तस्बिर
काठमाडौँ- अर्थमन्त्री डा प्रकाशशरण महतले राजश्वको लक्ष्य प्राप्तिका लागि गम्भीर भएर लाग्न निर्देशन दिएका छन् ।
बिहीबार बिरगंजमा रहेका भन्सार, सुख्खा बन्दरगाह र आन्तरिक राजश्व कार्यालयहरूको निरीक्षण भ्रमण गर्दै अर्थमन्त्री महतले राजश्वको लक्ष्य हासिल गर्न बिरगंज भन्सारको महत्वपूर्ण योगदान रहेको भन्दै राजश्वको लक्ष्य प्राप्तिका लागि गम्भीर भएर लाग्न निर्देशन दिएका हुन् ।
उनले नाकाबाट हुने चोरी पैठारीमा ध्यान दिन पनि निर्देशन दिए । त्यस्तै उनले करदाताहरूलाई झन्झट नहुने गरी नियमाअनुसार काम गर्नुपर्ने र भन्सार भोग्नुपर्ने समस्या न्यूनीकरणमा ध्यान दिनुपर्ने उल्लेख गरे ।
मन्त्री महतले भन्सारमा हुने अनियमितता रोक्न महत्वपूर्ण जिम्मेवारीमा रहेका सबै गम्भीर भएर लाग्नुपर्ने बताए ।
उनले समग्र कर्मचारी र सुरक्षाकर्मीको तलवभत्ताको स्रोत जुटाउने जिम्मेवारी अर्थमन्त्रालयको भएको र त्यसमा ८० प्रतिशतभन्दा बढी भन्सार र राजस्वबाट उठाउनुपर्ने अवस्था रहेको उल्लेख गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया