राजनीति

नेपालबाट राजतन्त्र विस्थापित भए पनि जनसंस्था स्थापित हुन सकेन : पूर्वसभामुख ढुंगाना

इकागज |
साउन १८, २०८० बिहीबार २०:११ बजे

फाइल तस्बिर

काठमाडौँ- ​पूर्वसभामुख दमननाथ ढुंगानाले नेपालमा जनसंस्था स्थापित भएको गणतन्त्र नभएको बताएका छन् । ​बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालबाट राजतन्त्र विस्थापित भए पनि जनसंस्था स्थापित हुन नसकेको बताएका हुन् ।

ढुंगानाले नेपालमा केवल राजसंस्था विस्थापित भएको गणतन्त्र मात्र भएको बताए । उनले गणतन्त्रमा जनताको हित हुनुपर्ने भए पनि जनसंस्था र जनप्रतिनिधिहरू व्यापारी भन्दा पनि मुनाफाखोर भएका आराेप लगाए । अहिले अनुचित लाभ लिनका लागि राजनीति गरिरहेका उनको भनाइ छ । उनले देश राजसंस्था र जनसंस्था दुवै नभएको संक्रमणकालीन अवस्थामा गुज्रिरहेको बताए ।


पूर्वसभामुख ढुंगानाले गणतन्त्रमा नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास जग्गा प्रकरणजस्ता घटनाहरू हुनु नहुने बताए । यि दुई प्रकरणलाई देखाउँदै उनले जनसंस्था र जनताको शासन यस्तो हुन्छ ? भन्ने प्रश्न समेत गरे ।


Author

थप समाचार
x