राजनीति

ललिता निवास प्रकरणमा माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई पनि छानबिन गर्नुपर्छ : रवि लामिछाने

इकागज |
साउन १९, २०८० शुक्रबार १८:६ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललिता निवास जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पनि छानबिन गर्नुपर्ने बताएका छन् । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले यस्ताे बताएका हुन् ।

उनले कर्मचारीलाई छानबिन गरिएको तर मन्त्रिपरिषदबाट नीतिगत निर्णय गराउने तत्कालीन प्रधानमन्त्रीहरूलाई छानबिन नगरिएको भन्दै पूर्वप्रधानमन्त्रीहरूलाई उन्मुक्ति दिने प्रावधान छ कि भन्ने प्रश्न गरे ।


उनले भने, ‘निर्णय गर्ने मन्त्रिपरिषद् बैठकको अध्यक्षता गर्नुहुने प्रधानमन्त्रीद्वयलाई चाहीँ छानबिन गर्नुपर्ने हो कि होइन ? प्रधानमन्त्री भइसकेका मान्छेलाई प्रधानमन्त्री भएका आधारमा छानबिनमै सहभागी नहुनुपर्ने त्यस्तो उन्मुक्तिको पनि काहीँ प्रावधान छ कि ? एकदम स्पष्ट रुपमा मैले यो कुरा राख्न चाहेँ ।’

लामिछानेले आगामी निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्नुपर्ने र ‘नो भोट’ को व्यवस्था पनि लागू गर्नुपर्ने बताए ।


Author

थप समाचार
x