राजनीति

ईपीजी बनेर एक पटक पनि बैठक बस्न नसक्नु सरकारको कमजोरी : पूर्वपरराष्ट्रमन्त्री आचार्य

इकागज |
साउन १९, २०८० शुक्रबार २०:३० बजे

फाइल तस्बिर

काठमाडौँ- पूर्वपरराष्ट्रमन्त्री निलाम्बर आचार्यले नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) संयन्त्र गठन भएर एक पटक पनि बैठक बस्न नसकेको भन्दै गुनासो गरेका छन् ।

शुक्रबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘छिमेकी सम्बन्ध र ईपीजी प्रतिवेदन विषयक संवाद कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले सीमा व्यवस्थापन मात्रै नभएर नेपालको भौगोलिक कालापानी, लिपुलेक लगायतमा विवाद रहेको बताए । उनले दुई देशबीच ठूला समस्या समाधानका लागि बेग्लै संयन्त्र गठन गरे पनि संयन्त्रको बैठक एकपटक बस्न नसकेको उल्लेख गरे ।


उनले भने, ‘सीमा व्यवस्थापन होइन की हाम्रो भौगोलिक सीमाहरूको जहाँ जहाँ समस्याहरू(कालापानी, लिपुलेक लगायत) छन् । ठूला समस्या समाधानका लागि बेग्लै संयन्त्र गठन गरेका छौं दुई देशका बीचमा । तर, संयन्त्रको बैठक एकपटक पनि बस्दैन । संयन्त्र गठन मात्रै गरेर भएन । भारतको सुरक्षा भारतको जिम्मेवारी हो तर, हाम्रो तर्फबाट नकारात्मक प्रभाव पर्न दिँदैनौं । यसमा त नेपाल नै सजग छ त ।’

आचार्यले भारतको सुरक्षा भारतको जिम्मेवारी भएको भन्दै नेपालबाट नकारात्मक प्रभाव पर्न नदिने विषयमा सजक रहेको बताए । 


Author

थप समाचार
x