राजनीति

सर्वाेच्चकाे आदेशबारे जानकारी रहेकाे भन्दै माधव नेपाल स्वीटजरल्याण्ड उडे

इकागज |
साउन २२, २०८० सोमबार ९:२८ बजे

काठमाडौं।  पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल स्विटजरल्याण्ड प्रस्थान गरेका छन् । प्रवासी नेपाली एकता मन्च युरोपद्वारा स्वीट्जरल्याण्ड लगायतका विभिन्न देशहरूमा आयोजना हुने पूर्व निर्धारित विभिन्न कार्यक्रमहरूमा सहभागी हुनका लागि टर्किस एअरको विमानद्वारा आज बिहान ७ः३० बजे इस्तानवुल हॅुदै जेनेभा प्रस्थान गरेका हुन ।

हिजो सर्वोच्च अदालतबाट भएको फैसलाका सन्दर्भमा उहाँ जानकार रहेको उनको निजी सचिवालयले जानकारी दिएको छ । ‘सबै प्रकारका भ्रष्ट्राचार एवम् अनियमितताको निष्पक्ष छानविन गरी दोषी उपर कडा कारबाही हुनुपर्छ र मुलुकमा सुशासन कायम गर्नुपर्छ’ भन्ने कुरामा उहाँको दृढ मान्यता रहेको सचिवालयले जनाएको छ। 


 उनी भदौ १ गते स्वदेश फर्कने छन् ।
 


Author

थप समाचार
x