राजनीति

कांग्रेसको लक्ष्य नागरिकलाई समृद्धिको पहुँचमा पुर्‍याउनु हाे : अर्थमन्त्री

इकागज |
भदौ २, २०८० शनिबार १६:३५ बजे

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले कांग्रेसको लक्ष्य भनेको आर्थिक समृद्धि सिर्जना गरेर नागरिकलाई समृद्धिको पहुँचमा पुर्याउनु भएको बताएका छन् ।

शनिबार कांग्रेस काठमाडौँ क्षेत्र नं ३(२) को प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै महतले कांग्रेसको लक्ष्य भनेको आर्थिक समृद्धि सिर्जना गर्ने र त्यो समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने भएको बताएका हुन् । उनले गलत सूचनाको प्रवाहका लागि संगठित रूपमा लागेर भ्रमपूर्ण र झुटा कुराको प्रचार गरेर सत्यलाई असत्य सावित गराउने खतरा विद्यमान भएकाले जनतालाई सरकारले गरेका सहि कुराको प्रचार गर्नुपर्ने बताए ।


नयाँ पार्टीहरूले गरेका साना कुराको धेरै प्रचार हुने गरेको र कांग्रेसले गरेका धेरै महत्वपूर्ण कामहरूको प्रचार हुन नसकेको महतले गुनासो गरे । उनले सीमित साधन स्रोतका कारण सबै स्थानमा बजेट विनियोजन हुन नसकेको जिकिर गरे ।

अर्थमन्त्री महतले यसअघि केपी ओली नेतृत्वको सरकारको पालादेखि नै अव्यवस्थित बजेट विनियोजन गर्दा अहिले समस्या देखिएको तर्क गरे ।

उनले स्रोत सुनिश्चित नहुँदा ठेक्का लगाउने प्रवृतिलाई अन्त्य गर्दै अनुशासनमा ल्याउन खोजिएको भन्दै फाइदा दिन नसकेको झोकमा केहीले विरोध गर्ने गरेको जिकिर गरे । 


Author

थप समाचार
x