राजनीति

शीर्ष दलहरूबीच दुई बुँदे सहमति, आजदेखि संसद् चल्ने

इकागज |
भदौ ६, २०८० बुधबार १३:५७ बजे

काठमाडौँ– शीर्ष दलहरूबीच संसद् अवरोध हटाउने विषयमा सहमति जुटेको छ । बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको राष्ट्रिय दलहरूको बैठकमा दुई बुँदे सहमति जुटेकाे हाे ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सुन तस्करी प्रकरणमा दुई बुँदे सहमति भएको जानकारी दिए । ‘सिआईबीले गरेका अनुसन्धानमाथि अध्ययन गरेर सुझाव पेस गर्न निष्पक्ष आयोग गठन गर्ने र सिआइबीले गरिरहेको अनुसन्धानलाई निरन्तरता दिने,’ उनले बताए । 


उनका अनुसार माओवादी नेता कृष्णबहादुर महराको नाम जोडिएको इलेक्ट्रिक चुरोट ‘भेप’मा सुन राखी अवैध पैठारी गरिएको घटनामा पनि छानबिन र असोज ५ गते उच्च स्तरीय आयोग गठन हुने भएको छ ।

बैठकमा सत्तासीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, जनमत र प्रतिपक्षी दल एमाले, राप्रपा, रास्वपाका नेताहरू सहभागी थिए । 

सत्तापक्ष र प्रतिपक्ष दलबीच सहमति जुटेसँगै साउन १० महिनादेखि अवरोध हुँदै आएको संसद् आजदेखि चल्ने भएको छ । प्रतिनिधिसभा दिउँसो ३ बजे बस्ने कार्यसूची छ । 

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिनको माग गर्दै साउन १० गतेदेखि संसद अवरुद्ध पार्दै आएको थियाे ।


 


Author

थप समाचार
x