सरकार ढाल्न विभिन्न षड्यन्त्र जारी छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकार ढाल्न विभिन्न खालका षड्यन्त्र भइरहेको बताएका छन् ।
मंगलवार काठमाडौंमा पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । । उनले गठबन्धन तोड्ने र सरकारलाई ढाल्ने धेरै कसरत भइरहेको तर सफल हुन नसकेको बताए । उनले सरकार ढाल्ने कोशिष गर्नेहरु बिस्तारै जनताको नजरमा गिर्दै गइरहेको उल्लेख गरे ।
कुनै ठूलो घटना नभए यो गठबन्धन ५ वर्ष नै चल्ने उनको दाबी छ । उनले अहिले अतिवादी विचार र प्रवृत्तिहरु कहीँ धार्मिक, कतै जातीय माध्यमबाट परिवर्तनलाई उल्ट्याउन, माओवादी आन्दोलन कमजोर पार्न उद्धत रहेको दाबी गरे । उनले उत्पीडित, जाति, वर्ग समुदायको हक अधिकारको निम्ति लडेको माओवादीले मात्रै यी समस्या समाधान गर्नसक्ने दाबी गरे । उनले माओवादीले मात्रै जातिय एकता र सद्भाव कायम राख्नसक्ने जिकिर गरे ।
प्रधानमन्त्री दाहालले भारत—नेपाल सीमा विवाद सुल्झाउने कुरालाई देशभित्रका राजनीतिक दलहरुले पचाउन नसकेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया