राजनीति

कांग्रेस प्रवक्ता शर्मा परिवारसहित संक्रमणमुक्त

इकागज |
जेठ ११, २०७८ मंगलबार १०:४५ बजे

फाइल फोटो

काठमाडौँ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा कोभिड-१९ संक्रमणमुक्त भएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले आफू संक्रमणमुक्त भएको बताएका हुन् । उनले आफुसँगै परिवारका सबै सदस्य संक्रमणमुक्त भएको पनि बताएका छन् । 

 ‘कोरोनामाथि विजय हासिल गर्न सफल भएका छौँ हामी । शारीरिक कमजोरी केही समय रहला तर अब सङ्क्रमणमुक्त बनेका छौँ’ उनले ट्वीटरमा लेखेका छन्, ‘सबै मित्रको शुभेच्छा र चिकित्सकहरुको मार्ग निर्देशनप्रति हृदयले आभारी छौँ। कोरोनाबाट सजगतासाथ जोगिन सबैलाई अपिल गर्दै, सङ्क्रमितहरुलाई उच्च मनोबल राख्नुहुन आग्रह गर्दछौँ ।’


कांग्रेस प्रवक्ता शर्मालाई गएको वैशाख २० गते कोभिड पुष्टि भएको थियो । संक्रमित भएपछि घरमै आइसोलेशनमा बसेका उनी र उनको परिवार तीन हप्तापछि संक्रमणमुक्त भएका हुन् ।
 


Author

थप समाचार
x