राजनीति

भ्रष्टाचारको अन्त्य गर्न राष्ट्रिय सहमतिको सरकार बनाऔँ : मन्त्री किराती

इकागज |
भदौ १४, २०८० बिहीबार १५:३२ बजे

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले भ्रष्टाचार, अशिक्षा र गरिबीको अन्त्यका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् ।

बिहीबार नेपाल पर्वतारोहण संघको ३३ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री किरातीले देशको प्रमुख शत्रु भ्रष्टाचार, अशिक्षा र गरिबी भएको बताएका हुन् । उनले भ्रष्टाचार, अशिक्षा र गरिबी देशको साझा शत्रु भएको उल्लेख गर्दै यसलाई राष्ट्रिय एकताका साथ परास्त गर्नुपर्ने जिकिर गरे । उनले यसको निम्ति राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताए ।


मन्त्री किरातीले सो राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पुष्पकमल दाहालले नै गर्नुपर्ने भनाइ राखे । उनले राष्ट्रिय सहमतिको सरकारले नै भ्रष्टाचार, गरिबी र अशिक्षाको अन्त्य गर्नसक्ने बताए ।

उनले पर्यटन क्षेत्रको विकास र विस्तारका लागि पुराना ऐन, कानुनका कारण समस्या भइरहेको उल्लेख गर्दै नयाँ ऐन, कानुनहरू निर्माण गर्दै गरेको बताए । 


Author

थप समाचार
x