राजनीति

सामाजिक सेवा ऐन परिवर्तन गर्ने तयारीमा छौं : मन्त्री आचार्य

इकागज |
भदौ १५, २०८० शुक्रबार १७:३० बजे

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले सामाजिक सेवा ऐन परिवर्तन गर्ने तयारीमा रहेको बताएका छन् ।

शुक्रबार लोकतान्त्रिक गैरसरकारी संस्थाहरूको महासंघ–नेपालले काठमाडौँमा आयोजना गरेको देश विकासमा नागरिक संस्थाहरूको संघीयकरण, भूमिका तथा चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री आचार्यले करिब ६ वर्षदेखि उक्त ऐन अलपत्र परेको भन्दै आफूले नयाँ सामाजिक सेवा ऐन निर्माणका लागि पहल गरेको बताउनुभएको हो ।


उनले गैरसरकारी संस्थाहरूलाई पारदर्शी बनाउनका लागि सरकारको ध्यान केन्द्रित रहेको जिकिर गरे । मन्त्री आचार्यले समाज कल्याण परिषद्को स्थापन भएयता विभिन्न संस्थाहरूमार्फत गाउँगाउँमा खर्बौं रुपैयाँका कार्यक्रम भए पनि त्यसको उपलब्धि भने देखिन नसकेको उल्लेख गरे । पहुँचका भरमा विभिन्न संस्थाहरूले मन्त्रालयमार्फत लिएर जाने बजेटलाई नयाँ नियम बनाएर सिधै स्थानीय तहका पठाउने व्यवस्था आफूले गरेको उनले बताए ।

मन्त्री आचार्यले गैरसरकारी संस्थाहरूको समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको र गैरसरकारी संस्थाहरूले जनताको आवश्यकता अनुसारको काम गरेर मुलुकको विकासमा साथ दिनुपर्ने बताए ।


Author

थप समाचार
x