राजनीति

सुदूरपश्‍चिम एमाले संसदीय दलको बैठक स्थगित

इकागज |
जेठ ११, २०७८ मंगलबार १८:२३ बजे

धनगढी : नेकपा (एमाले) को स्थायी कमिटीको बैठकले सुदूरपश्‍चिम प्रदेशको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि आजका लागि बोलाइएको  सुदूरपश्‍चिम आपसी विवादपछि स्थगित  भएको छ । आज स्थगित भएको दलको बैठक  बुधबार बिहान साढे ८ बजे बोलाइएको एमाले संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले जानकारी दिए । 

उनले बैठकमा एमालेका सबै सदस्यलाई खबर गरिएको जानकारी दिए । आजको बैठकमा नेता माधकुमार नेपाल समूहका सांसदलाई मात्रै खबर खरिएको थियो । बुधबार हुने बैठकमा आफूहरूलाई पनि खबर आएको संस्थापन पक्षका सांसद एवं एमाले कैलालीका अध्यक्ष रतन थापाले जानकारी दिए । 


नेता भीमबहादुर रावलनिकट भएका कारण दलको नेता अहिलेकै सरकारलाई समर्थन दिने मनसायमा रहेको नेपाल समूहकै केही नेताहरू बताउँछन् । तर, केही नेपाल पक्षकै केही सांसदहरू भने पार्टी केन्द्रको निर्देशन पालना गर्नुपर्नेमा जोड दिइरहेका छन् । (रासस)
 


Author

थप समाचार
x