नेकपा समाजवादीको सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालयको बैठक बस्दैछ । तर, समय भने अझै खुलाइएको छैन । आलोकनगर, शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा सो बैठक बस्न लागेकाे हाे ।
बैठकमा यसअघि केन्द्रीय समिति बैठकले गरेको निर्णयको कार्यान्वयनसहित पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।
आउँदो माघ १४ मा १० महाधिवेशनको मिति तय गरेको नेकपा एसले त्यसको तयारीका विषयमा पनि छलफल हुने र सोहीअनुसार जिम्मेवारी बाँडफाँटका सम्बन्धमा पनि निर्णय हुन सक्ने बताइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया