राजनीति

काेरोनाकाे बीमा रकम उपलब्ध गराउन एमालेको माग

इकागज |
भदौ १८, २०८० सोमबार १४:१० बजे

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद महेश बर्तौलाले कोरोना बीमाको रकम उपलब्द गराउन माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै एमाले संसदीय दलका सचेतक समेत रहेका बर्तौलाले सरकार कुम्भकर्ण भएर निदाएको आरोसमेत लगाएका छन् । 

उनले भने, ‘यो सरकार माटोको तोर्मा जस्तो भयो । आइया पनि छैन, आथ्था पनि छैन । विगत चार वर्षदेखि देशका ५० हजारभन्दा बढी नागरिकहरुले गरेको कोरोनावापतको बीमाको ११ अर्ब रकम आजसम्म प्राप्त गर्न सकेका छैनन् । सरकारलाई यसबारे कुनै चासो नै छैन । सरकार कुम्भकर्ण निन्द्रामा पर्यो ।’


सरकारबाट बीमा रकम प्राप्त गर्नेगरी उनले सभामुखलाई रुलिङ गर्न पनि आग्रह गरे ।


Author

थप समाचार
x