बालेनलाई लक्षित गर्दै खतिवडाले भने– बोल्दा जिब्रोमा ब्रेक लगाऊँ
काठमाडौँ– नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेता र जनप्रतिनिधिलाई बोल्दा विचार गर्न आग्रह गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै खतिवडाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)प्रति लक्षित गर्दै बोल्दा जिब्रोमा ब्रेक लगाउन आग्रह गरे ।
उनले भने, ‘सम्माननीय सभामुखज्यू, राजनीतिज्ञ निर्वाचित भएपछि जे पायो त्यही बोल्न गइराखेका हुन्छौँ । कोही आगै उकेल्छु, सिंहदरबार नै ध्वस्त पार्छु भन्छौँ । कोही जातीय राज्य चाहियो भन्छौँ । कोही धार्मिक स्वतन्त्रता, धर्ममाथि आँच आउने काम गर्छौँ । जित्ने राजनीतिज्ञ र निर्वाचित प्रतिनिधिलाई जिब्रोमा ब्रेक लागेर अनुरोध गर्दछु ।’
शनिबार रात आफ्नी पत्नी सवार सरकारी गाडीलाई ट्राफिक प्रहरीले नियमित चेकिङका क्रममा रोकेपछि बालेनले सिंहदरबार जलाउने भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेका थिए । उनको उत्तेजक अभिव्यक्तिलाई लिएर व्यापक विरोध भएपछि सोमबार हटाएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया