इन्द्रसरोवर तालको संरक्षण नगरे आयोजना खतरामा पर्नसक्छ : बर्तौला
मकवानपुर- नेकपा एमालेका सचेतक महेश बर्तौलाले मकवानपुरको इन्द्रसरोवर तालको सरसफाइ तथा संरक्षण गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् । बर्तौलाले इन्द्रसरोवर तालबाट १०४ मेघावाट बिजुली उत्पादन हुने बताउँदै तालको संरक्षण गर्न नसके निकट भविष्यमा नै आयोजना खतरामा पर्न सक्ने उल्लेख गरे ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद बर्तौलाले तालमा ८५ लाख घनमिटर पानी अटाउने क्षमता रहेको उल्लेख गर्दै अहिले तालमा ६२ लाख घनमिटर पानी रहेको र बाँकी करिब २३ लाख घनमिटरमा हिलोमाटो, ढुङ्गा बालुवा थुप्रिएको बताउँदै तालको सरसफाइ तथा संरक्षण गर्न सरकारलाई ध्यानाकर्षण गराएका हुन् ।
सांसद बर्तौलाका अनुसार सरकारले विगत ४ वर्षदेखि देशका १ लाख ५० हजार भन्दा बढी नागरिकहरूले कोरोनाको बीमा गरे त्यसबापत ११ अर्ब रकम अझसम्म प्राप्त गर्न नसकेको बताए । ‘यो सरकार माटोको तोर्मा जस्तो भयो सभामुख ज्यू । आईया पनि छैन आत्था पनि छैन,’ बर्तौलाले भने, ‘विगत ४ वर्ष देखि यो देशका १ लाख ५० हजार भन्दा बढी नागरिकहरूले कोरोनाको बीमा गरे त्यसबापत ११ अर्व रकम अझसम्म प्राप्त गर्न सकेको छैन । सरकारलाई त्यस्को कुनै चासो छैन । सरकार कुम्भकर्ण झै निन्द्रामा पर्यो ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया