राजनीति

पूर्वगोरखा सैनिकलाई अधिकार दिलाउन सरकारले कूटनीतिक पहल गर्नेछ : मन्त्री साउद

इकागज |
भदौ १९, २०८० मंगलबार १८:५४ बजे

काठमाडौँ- परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पूर्वगोरखा सैनिकले पाउनुपर्ने अधिकार बमोजिमको सुविधा प्राप्त गराउन सरकारले बेलायत सरकारसँग कूटनीतिक पहल गर्ने बताएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित पूर्वगोरखा सैनिकको समस्या समाधानको लागि एक दिवसीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले १९९७ भन्दा अगाडिका गोरखा सैनिकहरूलाई पनि वेतन र घाइतेहरूलाई पनि अन्य सहुलियत दिनुपर्छ भनेर बेलायतमा भएका गोरखा सैनिक परिवारले आन्दोलन गरिरहेको बताए ।


साउदले पूर्वगोरखा सैनिकले पाउनुपर्ने सुविधा दिलाउने कुरामा सरकार साथमा रहेको उल्लेख गरे । उनले संवादको प्रक्रियाबाट पूर्वगोरखा सैनिकहरूले पाउनुपर्ने अधिकार बमोजिमको सुविधा दिलाउन सरकारले प्रयत्न गर्ने पनि जिकिर गरे ।

परराष्ट्र मन्त्रालयले सो समस्या समाधानका लागि कूटनैतिक पहल गरिरहेको उनले बताए ।


Author

थप समाचार
x