राजनीति

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर हुने

इकागज |
भदौ २१, २०८० बिहीबार ८:५७ बजे

काठमाडौं । आज प्रतिनिधिसभा बैठक  बस्दैछ। ​संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आज बस्ने बैठकमा मन्त्रीहरूसँग प्रश्नोत्तर हुनेछ । जसअनुसार कृषि तथा पशुपन्छी विकास, श्रम रोजगार तथा सामाजिक सुरक्षा, अर्थ र उर्जा तथा सिँचाइ मन्त्रालय सम्बन्धी प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम रहेको छ ।


साथै आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय महिला आयोगको १५ औं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूचीमा राखिएको संसद सचिवालयले जनाएको छ। 

 

 


Author

थप समाचार
x