धरान-६ का वडाध्यक्ष भट्टराई राप्रपामा प्रवेश
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका ६ का निर्वाचित वडा अध्यक्ष भूपेन्द्र भट्टराई राप्रपामा प्रवेश गरेका छन् ।
भूगोल केन्द्रीत जिम्मेवारीका लागि धरान पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिंदेनले बिहीबार बिहान धरान पानमारामा आयोजित कार्यक्रममा भट्टराईलाई पार्टीको सदस्यता प्रदान गरी स्वागत गरेका छन् । भट्टराई गत स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
त्यसअवसरमा धरान-६ का अगुवा कार्यकर्तालाइ शुभकामना सहित सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले पार्टीले देशका सबै स्थानीय तहमा केन्द्रीय नेताहरुलाई भूगोल केन्द्रीत जिम्मेवारीमा खटाएको र आफूले धरान छनौट गरेको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया