यादवमाथि भएको हमलाको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ : एमाले
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हिजो बुधबार सत्तासीन दल नेपाली कांग्रेसका सांसद तथा सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौँमा भएको हमलाको दोष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिनुपर्ने बताएको छ । बिहीबारको प्रतिनिधिसभाको बैठकमा एमाले संसदीय दलका सचेत महेश बर्तौलाले यस घटनाको भत्सर्ना गर्दै प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए ।
‘काठमाडौँको मध्यभागमा सत्तापक्षी दलका सांसद तथा सहमहामन्त्री महेन्द्र यादवमाथि जुन प्रकारको हमला भयो, यस प्रकारले असुरक्षित हुने परिस्थिति बन्यो । यसको दोष सम्माननीय प्रधानमन्त्रीज्यूले लिनुपर्छ । गम्भीरतासाथ यसलाई सदनमा आएर जवाफ दिनुपर्छ,’ उनले भने ।
उनले यसप्रकारका घटना देशमा विभिन्न भागमा घटिरहेको बताए । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीमाथि पनि यस्तो किसिमका घटना भएको उनको भनाइ । ‘प्रमुख प्रतिपक्षी दलका नेता जनताबीच जाँदाखेरि पनि यस्ता खालका धावा बोलिन्थ्यो । यस्ता श्रृंखलाबद्ध रुपमा विगतदेखि नै चलिरहेको थियो,’ हिजो प्रतिपक्षीलाई थियो, ध्यान कम दिइयो । आज सत्तापक्षका नेतामाथि खोजीखोजी आक्रमण भइरहेको छ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया