राजनीति

सांसद सुमना श्रेष्ठको प्रश्नः भागबन्डाका आधारमा डाइरेक्टर छान्ने कि मेरिटका आधारमा ?

इकागज |
भदौ २१, २०८० बिहीबार १४:१७ बजे

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले भागबन्डाका आधारमा डाइरेक्टर छान्ने कि मेरिटका आधारमा भनेर सरकारलाई प्रश्न गरेकी छिन् । 

बिहीबार प्रतिनिधिसभा शून्य समयमा बोल्दै सांसद श्रेष्ठले कान्ति बाल अस्पतालको घटनालाई दर्शाउँदै सरकारले जहिले पनि क्षतिपूर्ति दिने, घटनालाई थामथुम गर्ने र यस्तो अवस्था नआओस् भनेर सार्थक प्रयास नगरेको आरोप लगाएकी छिन् । 


उनले यसलाई सिस्टमको असफलता बताउँदै कान्तिमा मिनिमम सर्भिस स्ट्यान्डर्ड ६८ प्रतिशत नर्सिङ अभाव देखाएको सही हो ? डिसास्टर कल भयो कि भएन ? भन्दै  सभामुख मार्फत अर्थमन्त्री र स्वास्थ्य मन्त्रीलाई प्रश्न गरेकी थिइन् । 


 


Author

थप समाचार
x