राजनीति

नेपाली माटोको रक्षा गर्दा खुट्टा नकाँपोस् प्रधानमन्त्रीज्यू : सांसद श्रेष्ठ

इकागज |
भदौ २१, २०८० बिहीबार १४:२६ बजे

काठमाडौँ– रास्वपा सांसद विराजभक्त श्रेष्ठले प्रधानमन्त्रीसँग नेपाली माटोको रक्षा गर्दा खुट्टा नकपाउन आग्रह गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले चुच्चे नक्सालाई चीनले मान्यता नदिएको विषयमा चीन भ्रमणमा हुँदा कुरा गर्न सुझाएका छन् । 

‘भर्खरै हाम्रो छिमेकी राष्ट्र चीनले नयाँ नक्सा जारी गरेको छ । उक्त नक्सामा हाम्रो संसद्ले एकमत भएर जारी गरेको नेपालको चुच्चे नक्साको भूभागहरू भारतमा देखिन आएकोमा हामी सार्वभौम नेपालीको मन दुखेको छ । अझ हाम्रो अन्तर्राष्ट्रिय समुदायमा पत्राचार नगरेकाले हामी हाम्रो परराष्ट्र नीतिमा कसरी चुक्दैछौँ भन्ने प्रष्ट हुन्छ,’ उनले भने । 


श्रेष्ठले परराष्ट्र मन्त्रालयसँग कूटनीतिक माध्यमबाट नेपालको भूमि नक्सामा राख्न पहल गर्न माग गरेका छन् । 

प्रधानमन्त्रीले राष्ट्रसंघ र चीन भ्रमणमा यसबारे कुटनीति पहल गर्नुपर्ने उनको भनाइ छ । 

उनले भने, ‘नेपाली माटोको रक्षा गर्न खुट्टा नकाँपोस् प्रधानमन्त्रीज्यू, तपाईंलाई तीन करोड नेपालीको साथ र समर्थन छ ।’


Author

थप समाचार
x