गगन थापाकाे प्रश्न : उपचार नपाएर बालिकाकाे मृत्यु हुने अवस्था किन आयाे ?
काठमाडौं। सांसदहरुले कान्ति बाल अस्पतालमा उपचार नपाएर एक बालिकाको मृत्यु भएको विषयप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उपचारका लागि कुर्दाकुर्दै बालिकाको मृत्यु भएको भन्दै दोषीउपर कारबाही गर्न माग गरेका छन् ।
पूर्वस्वास्थ्यमन्त्री समेत रहेका कांग्रेसका महामन्त्री गगन थापाले अस्पतालमा दुई घण्टा पालो कुर्दा पनि उपचार नपाएर मृत्यु हुनुपर्ने अवस्था किन आयो भन्दै सरकारसँग जवाफ पनि मागेका छन् ।
उच्च ज्वरोसहितकाके समस्या भएपपछि उपचारका लागि कान्ति बाल अस्पताल पुर्याइएकी बालिका रेजिशा गोपालीको उपचारका लागि पालो कुर्दाकुर्र्दै निधन भएको थियो । सोही घटनालाई लिएर बिहीबार सांसदहरुले सरकारको जवाफ माग्नेदेखि दोषीउपर कारबाही र सर्वसुलभ स्वास्थ्य सेवाको व्यवस्था गर्न माग गरेका छन् ।
गगन थापा, महेश बर्ताैला, चन्दा कार्की, सुमना श्रेष्ठलगायतका अधिकांश सांसदले काठमाडौंमै उपचार नपाएर बालिकाले मृत्युवरण गर्नुपर्ने अवस्था लज्जास्पद रहेको र यसले देशको स्वास्थ्य सेवाको अवस्था दर्शाएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया