प्रधानमन्त्रीले चीन भ्रमणमा रेल र तेलको विषय प्राथमिकतासाथ उठाउनुपर्छ : रघुजी पन्त
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद रघुजी पन्तले चीन भ्रमणका क्रममा चीनबाट रेल र तेल ल्याउने विषय प्राथमिकतासाथ उठाउन सुझाव दिएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पन्तले सम्भावना छ भने चीनबाट पनि तेल ल्याउनुपर्ने बताए ।
‘भारतबाट तेल ल्याउने पाइपलाइन हामीले विस्तार गरिरहेका छौँ । यो ठीक छ, खर्च कम हुन्छ । तर, यो सम्भावना चीनतिर छ भने खोज्नुपर्छ । हिजो जसरी नाकाबन्दी गरेर भारतले तेल रोक्यो, भोलि त्यस्तो स्थिति नआओस् भनेर पनि चीनबाट रेल र तेल ल्याउने कुरा प्रधानमन्त्रीले चीन भ्रमणका बेला प्राथमिकतामा राख्नुपर्छ।’
त्यस्तै, उनले ट्रान्समिसन लाइनमा पनि जोड दिन प्रधानमन्त्रीसँग आग्रह गरे । ‘अहिले हामीले भारतलाई बिजुली बेचिरहेका छौँ । जलस्रोतबाट चिनियाँ लगानी भटाभट झिक्दैछन् । किन भने भारतको सर्त नै त्यस्तै छ,’ उनले भने, ‘वर्तमानको १० हजार मेगावटमा पनि त्यस्तै कडा सर्त राखेको छ । यस्ता सर्तबाट हामीले कहिले मुक्ति पाउँछौँ ?’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया