सभामुखको रुलिङ–कान्ति अस्पतालमा बालिकाको मृत्यु र यादवमाथि भएको आक्रमणबारे जानकारी गराउनू
काठमाडौँ– संघीय संसदका सभामुख देवराज घिमिरेले कान्ति बाल अस्पतालमा बालिकाकाे मृत्यु र नेपाली कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणबारे सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले यी दुई विषयमा सदनलाई जानकारी गराउन रुलिङ गरेका हुन् ।
‘आजको आकस्मिक, शून्य र विशेष समयमा कान्ति बाल अस्पतालमा एकजना पाँच वर्षीया बालिकाको मृत्यु भएको र संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणका विषयमा गम्भीर कुराहरू उठेका छन्,’ उनले भने, ‘यी विषयमा जानकारी गराउन म सरकारलाई निर्देशन गर्दछु।’
बुधबार रिपोर्टस क्लबबाट बाहिरिने क्रममा यादवमाथि खुकुरी प्रहार भएको घटना र सोमबार उपचारका लागि कान्ति बाल अस्पतालको आकस्मिक कक्षमा कुर्दाकुर्दै मृत्यु भएकी रोजिशा गोपालीको विषयमा आजको बैठकमा थुप्रै सांसदहरुले कुरा उठाएका थिए ।
घाइते यादवको राष्ट्रिय ट्रमा सेन्टरको आईसीयू कक्षमा उपचार भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया