तत्कालका लागि मुलुकमा वैदेशिक रोजगारको विकल्प छैनः श्रममन्त्री भण्डारी
फाइल तस्बिर
काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा तत्कालका लागि वैदेशिक रोजगारको विकल्प नभएको बताएका छन् । मन्त्री भण्डारीले वैदेशिक रोजगार पीडादायक भए पनि मुलुकको आर्थिक अवस्था कमजोर भएकाले त्यसको विकल्प नभएको बताएका हुन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयसम्बन्धी प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले वैदेशिक रोजगारमा नागरिकहरू जानुपर्ने बाध्यात्मक अवस्था भएको कारणले सरकारले उनीहरूलाई सम्मानित र मर्यादित ढंगले गन्तव्य मुलुक पठाउने काम गरिरहेको दाबी समेत गरे । उनले उनीहरूलाई स्वदेशमै फर्काएर रोजगारीको अवसर दिलाउने गरी सरकारले आप्रवासन सम्बन्धी राष्ट्रिय नीति ल्याउने गरी आवश्यक काम गरिरहेको बताए ।
मन्त्री भण्डारीले वैदेशिक रोजगार कम्पनीबाट ठगी हुन नदिनका लागि सरकारले श्रम विभागमार्फत अनुगमनको काममा कडाइ गरिरहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया