राजनीति

सकेसम्म कोशीमा मध्यावधि निर्वाचन गर्नुहुँदैनः नेपाल

इकागज |
भदौ २३, २०८० शनिबार १२:२९ बजे

फाइल तस्बिर

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोशी प्रदेशमा मध्यावधि चुनाव गर्नुपर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।


उनले जनता र राष्ट्रलाई पर्ने अर्थको बोझका कारण पुनः निर्वाचन हुनु नहुने बताए । उनले आफ्नो पार्टीले तेब्बर बढी सिट ल्याउन सक्ने भएपनि देशको आर्थिक अवस्थालाई मध्यनजर गरी मध्यावधि चुनाव नभइ मिलेर सरकार बनाउनुपर्ने भनाइ राखे । उनले कोशी प्रदेश सरकार मध्यावधिमा नजानका लागि कि मिलेर जानुपर्ने, कि कसैलाई साथ दिनुपर्ने र  कि चुनावमा जानुपर्ने विकल्प मात्रै रहेको उल्लेख गरे । उनले मध्यावधि चुनावमा जाँदा आफ्नो पार्टीले अहिलेको संख्याको तेब्बर बढी सिट ल्याउने डरले अन्य पार्टीहरु डराइरहेको दाबी गरे ।

अध्यक्ष नेपालले कोशी प्रदेश सरकार मध्यावधि चुनावमा नगइ टिकाइरहन कुनै उपाय निकालिनुपर्ने बताए ।


Author

थप समाचार
x