तीजलाई सामाजिक सद्भाव कायम राख्ने पर्वका रूपमा मनाऔँ : मन्त्री देवी
फाइल तस्बिर
काठमाडौँ- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले यस वर्षको हरितालिका तीजलाई सामाजिक सद्भाव कायम राख्ने गरी मनाउन आग्रह गरेकी छिन् ।
आगामी असोज १ गतेको हरितालिका तीज पर्वलाई मध्यनजर गर्दै उनले तीजको मौलिकता र सामाजिक सद्भावलाई ख्याल गर्दै सो पर्व मनाउन सबै नारीहरूलाई आग्रह गरेकी हुन् । शनिबार काठमाडौँमा आयोजित ‘तीज तथा सौन्दर्य सम्मान’ कार्यक्रममा बोल्दै मन्त्री देवीले देश र जनताका लागि योगदान दिने नारीहरूलाई सम्मान गर्ने कार्यलाई असल कार्यको संज्ञा दिँदै त्यसलाई निरन्तरता दिनुपर्ने आवश्यकता पनि औंल्याइन् ।
त्यस अवसरमा मन्त्री देवीले तीजले माइती र चेलीबीचको सम्बन्धलाई अझै आत्मीय बनाउने भएकाले पनि यस पर्वको विशेष महत्व रहेको बताइन् । कार्यक्रममा सामाजिक क्षेत्र योगदान पुर्याएका नौ जना नारीहरूलाई सम्मान गरिएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया