राजनीति

कमिसन र भ्रष्टाचारको जालो अन्त्य नगरेसम्म समृद्ध मुलुक बनाउन सकिँदैन : गृहमन्त्री

इकागज |
भदौ २३, २०८० शनिबार १७:३१ बजे

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालो अन्त्य नगरेसम्म समृद्ध मुलुक बनाउन नसकिने बताएका छन् ।

शनिबार ज्यापु महागुठी नेपाःले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठले सरकारले अहिले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो कार्यभारको मूल मन्त्र बनाएको भन्दै कमिसन र भ्रष्टाचारको जालो तोड्दै मुलुकलाई समृद्धिको दिशातर्फ अघि बढाउने बताएका हुन् । सरकारले भ्रष्टाचारविरुद्ध ठूला अभियान सुरु गरेको र जनताबाट समर्थन पाएकाले कुनै हालतमा विश्राम नलिने उनले जिकिर गरे ।


सामाजिक आर्थिक रूपान्तरणका साथै विकास र समृद्धिको बाटोमा मुलुकअघि बढेको भन्दै श्रेष्ठले राजनीतिक परिवर्तनसंगै जनताले पनि महसुस गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले जातीय, भाषिक, धार्मिक एकता र सद्भावविरुद्ध विग्रह फैलाउने खतरा बढिरहेको र आफ्नो पहिचान, अधिकारका निम्ति सचेत हुनुपर्ने जिकिर गरे ।​ उनले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै थप अधिकारको निम्ति अघि बढ्नुपर्ने धारणा राखे । 


Author

थप समाचार
x