बीपी साहित्य महाेत्सव
विश्वप्रकाशकाे प्रश्नमा प्राध्यापक खनालकाे प्रतिप्रश्न- ‘प्रश्न गर भन्ने बीपीको शैली आजको नेपाली काँग्रेसलाई लागू हुन्छ ?
काठमाडौँ – प्राध्यापक एवम् राजनीतिशास्त्री कृष्ण खनालले पार्टीहरूमा आफ्नै जान्ने भन्ने अहंकार व्याप्त रहेको आरोप लगाएका छन् ।
विश्वेश्वरप्रसाद काेइरालाकाे ११०औँ बीपी जयन्तीका अवसरमा नेपाली काँग्रेसद्वारा आयोजित बीपी साहित्य महोत्सव २०८० अन्तर्गतकाे एक सेसनमा सहजकर्ता नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मलाई प्रश्न गर भन्ने बीपीलाई कसरी बुझ्ने भनेर प्रश्न गरेका थिए ।
उक्त प्रश्नको उक्त दिँदै उनले काँग्रेससहित राजनीति गर्ने सबैमा आफूले जति कसैले जानेका छैनन् भन्ने भ्रम व्याप्त रहेको भन्दै बीपीको फेरि अध्ययन गर्नुपर्ने बताएका छन् ।
प्राध्यापक खनालले भने, ‘प्रश्न गर भन्ने बीपीको शैलीकै आजको नेपाली काँग्रेसलाई लागू हुन्छ ? नेपाली काँग्रेसका नेता के यस्ता कुरा सुन्न चाहन्छन् ?
प्राध्यापक खनालले काँग्रेस अपवाद नभएको बताउँदै काँग्रेससहित राजनीति गर्ने सबैमा यो भ्रम व्याप्त भएको बताएका छन् ।
प्राध्यापक खनालले बीपीलाई बीपी बनाउने चेतना र चिन्तनसहितको प्रकृति विश्लेषण नगरी उक्त प्रश्नको उत्तर नआउने दाबी गरेका छन् ।
अहिलेका नेताहरूमा मैले कसैको कुरा सुन्नुपर्ने आवश्यक नभएको भन्ने प्रवृत्ति र अहंकार भएकाले उक्त प्रश्नको उत्तर निकै गाह्रो भएको र समाजमा योगदान गर्न खोज्ने युवाहरूले बीपीको फेरी अध्ययन गर्नुपर्ने बताए ।
प्राध्यापक खनालले पार्टीहरूबाट केही अपेक्षा नभएको तर नयाँ पुस्तालाई बीपीको मार्गमा कसरी अगाडि बढाउने भन्ने चुनौती रहेको समेत जिकिर गरेका छन् ।
उनले आजको दिनमा बीपीको जस्तो चेतना भएको व्यक्ति राजनीतिमा नदेखेको र चरित्र गुमाएका पात्रसँग तुलना नै गर्न नमिल्ने समेत बताएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया